• २०७७ कार्तिक ४ गते मङ्गलवार

अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनः डा. भट्टराई

Author Logo..
२०७६ मङ्सिर १२ गते बिहिवार

तुलसीपुर । समाजवादी पार्टीका संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताए । रिपोर्टस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको आयोग अत्यन्तै कम्जोर प्रकृतिको भएको भन्दै यसले साना माछालाई समातेपनि ठूला माछालाई समात्न नसक्ने दाबी गरे । ‘जनता प्रति पूर्ण उतरदायी हुनेगरी सर्वशक्तिमान लोकपालको व्यवस्थ गर्नुपछ,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने –‘त्यसले प्रधामन्त्रीलगायत सबैले गर्ने भ्रष्ट्राचारको छानबिन गरेर भ्रष्ट्रचार रोक्न सकोस् ।’
देश गरिबी र बेरोजगारको दुषचक्रमा रहेको बताउँदै भट्टराईले दुई तिहाइ बहुमतको सरकारले देखिनेगरी काम गर्न नसकेको बताए । देशमा रोजगारी र सुखी नेपाली र समृद्ध नेपालको नारा बाहयक देखिनेगरी अर्थतन्त्रको पाटोमा कुनै परिवर्तन ल्याउन नसकेको सरकारले ठोस् योजनाका साथ अघि बढ्न सरकारलाई आग्रह गरे ।
‘दुईतिहाई प्राप्त बहुमतको सरकारलेदेखि गरी नत रोजगार सिर्जना गर्न सक्यो, नत लगािन पर्वद्धन गरेर ठूलठूला उद्योगधन्दा खोल्न सक्यो नत देखिने गरी आर्थिक परिर्वन गर्न सक्यो,’ अध्यक्ष भट्राईले भने ‘निर्माण र व्यापारका केहि क्षेत्रमा ६÷७ प्रतिशत आर्थिक वृद्धिदरका आधारमा त्यो दिगो विकास हुँदैन ।’ आफ्नो पार्टी नयाँ बैकल्पिक शक्तिका रुपमा उदयमान हँुदै गरेको बताउ समुनत संघीय समाजवादसँग बिचार मिल्ने पार्टी र समूहसँग एकता गरेर वृहत ध्रुवीकरण गर्ने गर्ने बताए । रिर्पाेटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षताम भएको कार्यक्रमको सहजीकरण महासचिव बिमल गौतमले गरे थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार