एनसेलद्वारा दाङ, प्युठान र रुकुमका ११ सुपर सेलरलाई पुरस्कार वितरण

Author Logo..
२०७६ मङ्सिर ११ गते बुधवार

दाङ, मंसिर ११ : एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत दाङ, प्युठान र रुकुमका गरी ११ पोइन्ट अफ सेल्स (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रम गरी खुद्रा बिक्रेताहरुलाई सुन, माउन्टेन बाइक, ल्यापटप र वासिङ्ग मसिन पुरस्कार वितरण गरिएको हो ।
योजनाको प्लाटिनम समुह अन्तर्गत दाङका रचना इन्टरप्राईजेज् र न्यु वेलकम सञ्चार सेवाले २४ क्यारेटको २–२ तोला सुन जित्न सफल भएका छन् । त्यसैगरी यस योजनाको गोल्ड समुह अन्तर्गत दाङका एल.के मोबाइल पसल, प्युठानका धामी स्टोर्स र रुकुमका पोख्रेली होम डेकोरले २४ क्यारेटको १–१ तोला सुन जितेका छन् ।
त्यस्तै यस योजनाको सिल्भर समुह अन्तर्गत दाङको सिन्दुर किरानाले १ थान ल्यापटप जित्न सफल भएको छ । त्यस्तै यसै समुह अन्तर्गत दाङका जय श्रीराम किराना पसल, दाङकै पोख्रेल किराना र प्युठानका गोपाल स्टोरले माउन्टेन बाइक साइकल जितेका छन् । सिल्भर समुह अन्तर्गत नै दाङका स्वर्गद्वारी सप्लायर्स र थापा किराना पसलले वासिङ्ग मसिन जित्न सफल भएका छन् ।


यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रतिनिधीहरुले दाङमा आयोजित एक कार्यक्रम माझ पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले आफ्नो यस योजना अन्तर्गत पुरस्कार जित्न योग्य देशभरीका खुद्रा बिक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नेछ ।
पुरस्कार पाउन सफल खुद्रा बिक्रेताहरुले यस योजनाले पिओएस÷खुद्रा बिक्रेताहरुलाई प्रोत्साहन प्रदान गरेकाले आफुहरु खुसी भएकोे बताए । यस योजना अन्तर्गत हाल सम्म काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, सर्लाही, महोत्तरी, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी, गोर्खा, लमजुङ, तनहुँ, दाङ, रुकुम र प्युठानका गरी २२२ खुद्रा बिक्रेताहरु पुरस्कृत भईसकेका छन् ।
एनसेलले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि लागु भएको थियो र यो योजना पुष २०७६ सम्म संचालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।


यस योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिलल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई आकर्षक बम्पर उपहार जस्तै कार, युरोप टुर प्याकेज र आइफोन जित्न सक्नेछन् ।
बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वासिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार