• २०७७ फाल्गुन १९ गते बुधवार

निराशाजनक मतदाता, उत्साहमा नेता कार्यकर्ता , के भन्छन् मतदाता (भिडियोमा हेरौँ)

Author Logo..
२०७६ मङ्सिर १० गते मङ्गलवार

२०७६मंसिर १० मंगलवार
तुलसीपुर, दाङको यति बेला चुनावी महोल निकै तातिएको छ । दलका उम्मेदवारहरुले दैनिक गाउँ गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेका छन । दाङको क्षेत्र नं ३ ९ख०मा प्रदेश सभा सदस्यको लागी र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदको लागी यहि मंसिर १४ गते हुने निर्वाचनमा हिजो आज दाङमा केन्द्रिय नेताहरु आएका चुनावी सभा गर्दै आएका छन् । तर मतदाताहरुलाई भने कागलाई बेल पाक्यो हर्ष न विषमात भने झै भएको छ । मतदाताले विभिन्न निर्वाचन उम्मेदवारहरुलाई जिताए पठाएको भएता पनि उनीहरुले गाउँको विकास भन्दा आफ्नो विकास बढि गरेकाले उनीहरुलाई उपनिर्वाचनको कुनै महत्व छैन । त्यसैगरी यो उपनिर्वाचन बहिष्कार गरेको मोहन बैद्य नेतृत्व क्रान्तीकारी माओवादीले पनि दाङमा चुनाव बहिष्कार गरेको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली कांग्रेस , नेकपा ,समाजबादी पार्टी ,राप्रपा संयुक्त लगाएतका पार्टीले आफ्ना छुट्टा छुट्टै १४ जना उम्मेदवार बनाएर आ–आफ्नो पक्षमा सबै तह र तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन । उम्मेदवारहरुमा भने कस्ले धेरै मत ल्याउने र जित्ने भन्ने होडबाजी चलेको छ । तर उक्त चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । विभिन्न पटकको चुनावमा मतादान गर्नु भएको दंगिशरण गाँउपालीका ७ का शरद पौडेलले जति पटक भोट हाल्दा पनि देशमा कुनै परिवर्तन नभएको बताए । साथै उनले चुनावको बेला जनता सामु आएर झुठा आश्वसन दिने पछि जिते् गएपछि आफ्नै दुनो सोजाउने काम मात्र भएको उनको भनाई थियो । हामीले दाङवाट धेरै नेताहरुलाई जिताएर पठायौँ,उनले भने,तर हाम्रो समस्या कसैले हेर्दैनन् । हामीलाई खाली प्रयोग मात्र गर्ने गरेको उनको गुनासो थियो ।

त्यस्तै चुनावमा बिभिन्न किसिमको बिकासका नारा लिएर भोट माग्न आउने र जितेर गएपछि बिकासको कुरा त परै जाओस फर्केर सम्म पनि नआउने गरेको स्थानियहरुले बताउने गरेका छन । तुलसीपुर उपमहानगरपालिका २ का नोखीराम खड्काले ३६ बर्ष अघि देखि देखाएको बिकासे योजना अहिले सम्म पुरा नभएको उनले बताए । हामीले प्रत्येक निर्वाचनमा सिंचाईको लागी पक्की कुलोको माग गरेको भएता पनि त्यो निर्वाचनमा उम्मेदवारले आश्वसन मात्र दिदाँ ३६ बर्षदेखी हाम्रो कुरा कसैले नसुनेको उनले बताए । त्यसैगरी दंगिशरण गाँउपालीका ५ का थकाली थारुले पनि निर्वाचनको बेला नेताहरु घर घरमा आएर भोट माग्ने गरेता पनि जितेपछि कुनै चासो नदिएकाले आफुहरुलाई निर्वाचन प्रति कुनै चासो नभएको बताए । हामीले जिताएर पठाउँछौँ, उनले भने , ठाउँमा गएपछि आफ्नो र आफ्ना नाता गोतालाई हेर्नाले नेताहरुले मतदातको समस्या भुल्ने गरेको उनले बताए ।

त्यस्तै दंगिशरण गाउँपालिका ७ का झुल्प चौधरीले दाङकै मन्त्री भएको बेला समेत आफुहरुले कुनै विकासको अनुभव गर्न नपाएको उनले बताए । हाम्रो गाउँको मन्त्री हुनुभयो, हामीलाई सिंचाईको अभाव छ, तर अनेत्र गाउँहरुमा बोरिङ खनियो हाम्रोमा खनिएन् उनले भने, हामीले अझै पैसा तिरेर पानी सिंचाई गर्दै आएका छौँ । चुनावमा झुटा आश्वासन मात्र दिने गरेको उनको गुनासो थियो ।

यता उम्मेदवारहरुले भने आफुहरुले जिते पश्चिम दाङको विकास गर्ने भन्दै मतदातासंग भोट माग्दै आएका छन् । उनीहरुले पश्चिम दाङलाई विकासको कारण कुनै पनि कुराहरुवाट पछाडि नपार्ने भन्दै आ –आफ्नो पक्षमा भोट मागेका छन । त्यसैगरी केही दलका उम्मेदवारहरुले भने दाङलाई प्रदेशको राजधानी बनाउन आफुहरुले पहल गर्ने भन्दै आश्वसन बाड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार