• २०७७ मङ्सिर ११ गते बिहिवार

प्रधानमन्त्री ओली राष्ट्रबादी होइनन् : देउवा

Author Logo..
२०७६ मङ्सिर ९ गते सोमवार

श्रीगाउँ, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओली राष्ट्रबादी नभई लम्पसारबादी भएको बताए । सोमवार नेपाली कांग्रेस दाङले निर्वाचन क्षेत्र नं. ३ (ख)को श्रीगाउँमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै उनले यस्तो बताए । उनले राष्ट्रबाद, राष्ट्रबाद भन्दै प्रधानमन्त्री ओलीले बोल्ने गरेको भएता पनि आज उनको राष्ट्रबाद कालापानीमा लम्पसारबाद भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ओली राष्ट्रबादी नभई नाटक गरेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रबादको कुरा गरेर चुनाव जितेको भएता पनि आज कालापानीमा जोडिएर लम्पसारबाद भएको आरोप लगाए । त्यसैगरी कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आर्जित बनाएको भन्दै उनले अब यो सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए । अहिलेको सरकारले विकास निमार्णका कार्यको उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भर्ने र प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको भन्दै उनले आक्रोस पोखे । देशको स्वतन्त्र न्यायपालिका भित्र सत्ताको हस्तक्षेप भएको उनको भनाई छ । त्यसैगरी सभापति देउवाले पार्टीमा सवैलाई मिलाएर लगेको बताए ।

उनले महिला, आदीबासी, जनजाती लगाएत सवै समुदायलाई नेपाली कांग्रेसले मात्र समावेशी ढङगले समेटेको बताए । त्यसैगरी उनले कांग्रेस जति विकास कम्युनिष्ट सरकारले नगरेको बताए । कम्युनिष्टले धेरै विकास गरेका छौँ, भनेर भ्रम फैलाएका छन्,उनले भने । अहिले जति पनि विकास भएको छ , त्यो सबै नेपाली कांग्रेसको पालामा शुरु भएका हुन । त्यसैगरी सभापति देउवाले प्रदेश ५ को राजधानी तत्कालिन अवस्थामा आफु नेतृत्व सरकारले अस्थायी राजधानी बुटवल तोके पनि अहिलेको कम्युनिष्ट सरकारले दाङ राजधानी बनाउन नसकेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले देशको शान्ति सुरक्षालाई भगं पारेको बताए ।

उनले भने , द्धण्दकालमा ठुलो लडाई लडेर नेपाली कांग्रेसले देशमा सघिंय लोकतान्त्रिक गणतन्त्र ल्यायो तर अहिलेको सरकारले यसलाई उल्टो गति तर्फ लैजान खोजि रहेको छ । साथै उनले मंसिर १४ मा हुन लागेको उप–चुनाव सरकार बदल्ने वा बनाउने नभएपनि आफैमा महत्वपुर्ण भएको बताए । त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्टको ज्याजदी रोक्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरे । कम्युनिष्टले जनतालाई पैसा बाँडेर राजनिति गरिरहेका छन, उनले भने, पैसा बाँडेर राजनिति गर्नु गलत हो,देशमा शान्ति र लोकतन्त्रलाई बचाउन कांग्रेसलाई मतदान गर्नुहोस ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेकपाको सरकार अत्यन्तै गैर जिम्मेवार ढंगले अगाडि बढेको हुँदा त्यो रोक्न नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्ने बताए । त्यस्तै कांग्रेस सह–महामन्त्री डा.प्रकाशशरण महतले जनताका सामु काम गरेर देखाउने पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको दावी गरे ।

उनले अहिलेको सरकारले धर्म सस्कृति रक्षा गर्नुको साटो धर्म सस्कृति प्रनि आक्रमण गरेको समेत बताए । कार्यक्रममा कांग्रेस नेता कृष्णा सिटौला,केन्द्रिय सदस्य एवं पुर्वमन्त्री दिपक गिरी,केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महिला नेतृ सिला खड्का लगाएतले चुनावी सभामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार