• २०७७ कार्तिक ४ गते मङ्गलवार

राष्ट्रियताको सन्दर्भमा राजनीतिक दल एक हुनुपर्छ ः मुख्यमन्त्री

Author Logo..
२०७६ मङ्सिर ९ गते सोमवार

 दाङ, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । प्रेस संगठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अहिले भारतले सीमा मिचेर सार्बजनिक गरेको नक्साका सन्दर्भमा सरकारले कुटनीतिक नोट पठाएको भन्दै यसमा राजनीतिक दल बिभाजित हुनु गलत भएको बताए । ‘राष्ट्रियताको सन्दर्भमा सबै राजनीतिक दलहरु एक हुनुपर्छ, राष्ट्रियताको सन्दर्भमा राजनीतिक दल विभाजित हुनुहुँदैन्’ उनले भन्ने केही दिन अघि देउवाले बोलेको कुरा फिर्ता लिनुपर्छ, आज उहाँ दाङ आउनु भएको मलाई विश्वास छ, उहाँले आज त्यो कुरा फिर्ता लिनुहुन्छ ।’

उपनिर्वाचन विशेष कारणले हुने भन्दै यो निर्वाचन जनमतको निरन्तरताको चुनाब भएको समेत बताए । साथै संघीय संरचना अनुसार बनेका तीन वटै सरकारले विकासको गतिलाई तिब्रता दिएको समेत बताए । अहिले प्रदेश नं. ५ सरकारलाई काठमाडौंसँग जोड्ने प्रक्रियाअघि बढेको बताए । त्यस्तै नारायणगढ–बुटवल, बुटवल–कोहलपुर, हुलाकी मार्ग, अमिलिया–सल्यान, तुलसीपुर–सुर्खेत सडक निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। त्यस्तै घोराही–प्यूठान सडक, दामोदर मार्ग, घोराही–रक्षाचौरको काम पनि अघि बढिरहेको बताए ।
त्यस्तै दाङको राप्ती, कटुवाखोला, ग्वारखोला, पातुखोला र तुईखोलामा पनि जलासय निर्माण गरि सिंचाई तथा खानेपानीको समस्या गर्ने प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । बिगतभन्दा मुलुकको कुल ग्रहस्त उत्पादनमा बृद्धि भएको समेत बताए । गएको बर्षमात्रै ७.१ प्रतिशत कुल ग्रहस्त उत्पादन भएको र प्रदेश नं. ५ को मात्रै ७.७ कुल ग्रहस्त उत्पादन भएको उनको भनाई थियो ।

कर्मचारी समायोजन, कानुन निर्माण तथा अधिकार बाडफाँटले गर्दा केही ढिला भएपनि सरकारले विकास निर्माणको गतिलाई भने तिब्र बनाएको उनले बताए । साथै उनले प्रदेश नं. ५ को स्थायी राजधानीको टुंगो यहि वर्ष लाग्ने बताए । त्यसका लागि प्रदेशका १२ वटै जिल्लाबाट सुझाव संकलन भएको र सबैको पायक पर्ने ठाउँमा प्रदेशको राजधानी तोक्नका लागि बिज्ञहरुको टोली बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार