राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजयी

Author Logo..
२०७६ मङ्सिर ९ गते सोमवार

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेसनबाट अध्यक्षमा रमेश बिजी विजयी भएका छन् । मंसिर ६ गतेबाट पोखरामा चलेको महाधिबेसनमा अध्यक्षका अर्का प्रत्यासी विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै अध्यक्षमा बिजी विजयी भएका हुन् । नव निर्बाचित अध्यक्ष बिजीले ५८४ मत प्राप्त गरेका थिए भने प्रत्यासी खत्रीको ५४५ मत प्राप्त भएको थियो । खत्री यसभन्दा पहिलेको चुनाबमा पनि बद्री पंगेनीसंग पराजित नै भएको थियो ।

साथै प्रतिष्ठानको कोषध्यक्षमा राजु ढकाल निर्वाचित भएका छन् । उनले तारापति सुवेदीलाई भारी मतले पराजित गरेका थिए । ढकालको ७३५ मत र सुवेदीको ३७२ मत प्राप्त गरेका थिए । सह कोषध्यक्षमा ईश्वरप्रसाद भुसालले ६८० म प्रशासनिक सचिवमा कृष्ण रेउले ८४६ मत सचिव खुलामा जीवन दाहाल ७८० मत रमेशराज भट्टराई ७३३ कुलेन्द्र विश्वकर्मा ६७७ हरि डाँगी ६२६ प्रचण्ड जिसी ६०६ वसन्त थापा ५९० र पुष्कल शर्माले ५७३ मत प्राप्त गर्दै सातजना विजयी भएका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा रिता थापा मगर, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, दिद्धिय उपाध्यक्षमा रामजी खाण, महिला उपाध्यक्षमा राधिका हमाल, तृतिय उपाध्यक्षमा सुर्य खड्का, महासचिबमा सुवास केसी, उपमहासचिबमा शंकर बिसी र शिब हमाल , संगठनिक सचिबमा खुमन अधिकारी, महिला सचिबमा जमुना राना र सह कोअध्यक्षमा पुर्णकला बिसी निरबिरोध चयन भएका छन् । त्यस्तै सम्झना लामिछाने मगर ९१२ जानकी तारमी मगर ८६६ अञ्जली अधिकारी ८१० जुना श्रीष मगर ७९८ अमृता लुंगेली मगर ७६१, सरला पाण्डे ७३६ र सीता राना ६३२ मत ल्याएर महिला केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

खुला केन्द्रीय सदस्यमा १२ जना बिजयी भएका छन, । जसमा गायिका देवी घर्ती मगरले अत्याधिक मत पाएको छ । मगरले १०१४ मत पाएको हो त्यस्तै पीएन सापकोटा ७७१ प्रकाश सपुत ७८५ पुरुषोत्तम भण्डारी ७७९ प्रकाश भट्ट ७५४ याम क्षेत्री ७३१ विमल अधिकारी ७२३ महेन्द्र गौतम ६९९ दीपक गरौजा मगर ६३० सागर गुरुङ ५६६ विक्रम थापा ५२८ र युवराज मगरले ५२५ मत प्राप्त गरेका थिए । केन्द्रिय भुगोल गण्डकी मा तारानाथ आचार्य ३९७ र नबिन धामी ५९३ मत केन्द्रिय बिदेश साखा रामकृष्ण बम मल्ल ७६७ र दुर्गा पंगेनी ५५८ मत ल्याएर बिजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार