• २०७७ कार्तिक ६ गते बिहिवार

सल्यानको कुमाख ५ मा झन्डै दुई हजार मतदाता

Author Logo..
२०७६ मङ्सिर ९ गते सोमवार

तुलसीपुर, आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्वर ५ मा झन्डै दुई हजार मतदाता रहेका छन् । वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदाताको संख्या एक हजार आठ सय उन्चालिस रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीका अनुसार उपनिर्वाचनका लागि अहिले मतदाता शिक्षा कार्यक्रम भईरहेको छ । जसका लागि दुई जना मतदाता शिक्षा कार्यकर्ता फिल्डमा खटाईएको छ । वडामा एउटा मतदान स्थल र दुई वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी बुढाथोकीले जानकारी दिएका छन् ।

मतदान केन्द्र क मा ९ सय ५२ र ख मा ८ सय ८७ जना मतदाताको संख्या रहेको छ । निर्वाचन कार्यालयले एक जना मतदान अधिकृत सहित एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी खटाउने तयारी गरेको जनाएको छ ।यस्तै अन्य स्वंयम सेवक पनि परिचालन गरिने भएको छ ।
ती कर्मचारीलाई सोमवार तालिम प्रदान गरी फिल्डमा खटाईने उनले जानकारी दिएका छन् । वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समिती सल्यानको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको छ । उक्त पदका लागी तिन राजनितिक दल चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए ।

गत कात्तिक २७ गते तिन राजनितिक दल र दुई जना स्वतन्त्र गरी ५ जनाले मनोनयन दर्ता गराएका थिए । तर स्वतन्त्रबाट मनोनयन दर्ता गराएका चित्र प्रकाश गिरी र दलबिर बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन् । उपनिर्वाचनलाई भयरहित र मर्यादित बनाउनका लागी सुरक्षा व्यवस्थालाई पनि परिचालन गरिएको उनले जानकारी दिएका छन् । मतदान स्थलमा अहिले नेपाल प्रहरी, शसत्र प्रहरी गरी दर्जन बढि सुरक्षाकर्मी खटाईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार