• २०७७ फाल्गुन २३ गते आइतवार

दाङमा करिव ४ सय बढी कर्मचारी उपनिर्वाचन खटिँदै

Author Logo..
२०७६ मङ्सिर ८ गते आइतवार

दाङमा मंसीर १४ गतेकाे उपनिर्वाचन सम्पन्न गर्न ४ सय बढी कर्मचारीहरु खटाउन लागिएकाे छ। उपनिर्वाचनमा ४ सय १० कर्मचारी र तीन सय २६ स्वयमसेवक खटिने भएका हुन् । दुई स्थानमा हुन लागेकाे निर्वाचनका लागि ३४ मतदानस्थल र ८२ केन्द्र तय भएकाे छ । उक्त स्थानमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू तालिम दिएर खटाउन लागिएकाे  जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार निर्वाचनमा खटिने कर्मचारीहरूलाइ आइतबार र सोमबार तालिम प्रदान गर्न लागिएकाे छ ।

मंसिर ११ गतेदेखि मतदानस्थलमा खटिने गरी अधिकृत र सहायक मतदान अधिकृतलाई कसरी निर्बाचन गराउने बिषयमा तालिम दिन लागिएको हाे ।  निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार