• २०७७ कार्तिक १३ गते बिहिवार

मोटरसाइकल खरिद गरेका वलीलाई नगद १ लाख उपहार

Author Logo..
२०७६ मङ्सिर ६ गते शुक्रवार

तुलसीपुर, यमाहा कम्पनिको मोटरसाइकल खरिद गरेका दाङका एक युवाले नगद १ लाख प्राप्त गरेका छन् । काठमाण्डौंमा भएको लक्कि ड्रमा तुलसीपुरका नवराज वलीले नगद १ लाख प्राप्त गरेका हुन् । यमाहाको कम्पनिको आधिकारिक बिक्रेता तुलसीपुर ड्रिमल्याण्ड ट्रेडस्बाट कार्तिक ८ गते मोटरसाईकल खरिद गरेका वलीलाई प्राप्त १ लाख शुक्रबार हस्तान्तरण गरिएको हो ।

यमाहा कम्पनीको मोटरसाईकलको तुलसीपुरको आधिकारिक बिक्रेता राजेन्द्र श्रेष्ठले लक्कि ड्रमार्फत प्राप्त भएको रकम मोटरसाईकल खरिद कर्ता वलीलाई हस्तान्तरण गरेका हुन् ।यमाहा कम्पनिले गत भदौ ४ देखि कार्तिक २९ गतेसम्म मोटरसाईकल खरिद गर्नेहरुलाई लक्कि ड्रमार्फत नगद उपहार प्रदान गरेको हो ।

जापानीज टेक्नोलोजीबाट उत्पादित एभिएस सिस्टमको यामाहा मोटरसाईकल बतावरण मैत्री भएकाले माग अत्याधिक रहेको सेल्स इञ्चार्ज लंकबहादुर खड्काले बताए । दशै तिहारको अफरको समयमा करिब ३ सय मोटरसाईकल बिक्री भएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार