• २०७७ कार्तिक १२ गते बुधवार

लमहीमा दुई दुर्घटनामा परि दुईको मुत्यु

Author Logo..
२०७६ मङ्सिर ५ गते बिहिवार

दाङ, दाङमा विहिवार दुई दुर्घटनामा परि दुई जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एक जनाको टिप्परको ठक्करबाट र एक जनाको बसले किचेर मुत्यु भएको हो ।

लमही नगरपालिका वडा नम्बर ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्युठान माण्डबी गाउँपालिका वडा नम्बर ४ निवासी ४६ बर्षिय पबित्रा सुनारको मृत्यु भएको हो । बसले किचेर गम्भिर घाइते भएकी सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागि बुटवल रिफर गरिएको थियो ।

उपचारको क्रममा सुनारको मृत्यु भएको जिल्ला पह्ररी कार्यालय दाङले जनाएको छ । बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । यस्तै लमही नगरपालिका वडा नम्वर ६ बेलदमार नजिकै विहिवार बेलुकी पौने ६ बजे टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ । लमहीबाट घोराही तर्फ आउदै गरेको रा १ ब ५८७ नम्वरको मोटरसाईकललाई रा १ ख १२७१ नम्वरको टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्वर ४ बस्ने ५८ बर्षिय बन्धुराम चौधरीको मुत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागी अस्पताल लजादै गर्दा बाटोमै निधन भएको प्रहरीले बताएको छ । ठक्कर टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको बताईएको छ ।मृतक चौधरी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत समेत रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार