• २०७७ कार्तिक १३ गते बिहिवार

मन्त्रिपरिषद पुनर्गठन,यी हुन् नयाँ मन्त्री (नामावलीसहित)

Author Logo..
२०७६ मङ्सिर ४ गते बुधवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको टुंगो लगाएका छन्। लामो समयदेखि मन्त्रिपरिषद पुनर्गठनको चर्चा भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषदबाट बाहिरिने र नयाँ नियुक्त हुनेको नाम टुंगो लगाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नयाँ मन्त्रीहरूको नामावली शपथ ग्रहण गराउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन्।

नयाँ मन्त्रीहरूको सपथ भोलि हुने थापाले जानकारी दिए। नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने योजना भए पनि प्रधानमन्त्री ओलीको व्यस्तताले मन्त्रिपरिषदका नयाँ सदस्यले शपथ ग्रहण गर्न नसकेको थापाले जानकारी दिए। ‘आज पुर्नगठनको नामावाली टुँगो लागेर सम्माननीय राष्ट्रपतीकोमा पुगीसकेको छ, उतैबाट सपथको प्रकृया अगाडि बढ्छ र भोली सपथ हुन्छ’, थापाले भने। आज सत्तारुढ नेकपा सचिवालय बैठकसँगै दिनभरमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुर्नगठन गर्ने आँकलन गरिएको थियो। यस विषयमा प्रधानमन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजमात्रै दुई पटक एक्लाएक्लै छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार