• २०७७ कार्तिक ६ गते बिहिवार

समाजबादी पार्टीद्वारा प्रचार–प्रसार तीब्र, आजै दर्जन भन्दा बढि ठाउँमा सभा

Author Logo..
२०७६ मङ्सिर ४ गते बुधवार

तुलसीपुर, यहि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनको मिती नजिकिदै गर्दा दाङ क्षेत्र नं.३ (ख)मा मा उम्मेदवारहरुले निर्वाचनको प्रचार प्रसारलाई तिव्र रुपमा अगाडी बढाएका छन् । त्यसैगरी बुधवार पश्चिम दाङको एक दर्जन भन्दा बढि ठाउँमा चुनावी सभा गरेको पार्टीले जनाएको छ । पार्टीले पश्चिम दाङको शान्तिनगर, गंगटे, तिलवारी लगाएका अन्य ठाउँहरुमा चुनावी सभा तथा कोण सभा गरेको पार्टीका संघिय परिषद् सदस्य जिवन भण्डारीले बताए । चुनावी सभाका पार्टीका केन्द्रिय सदस्य तथा उत्पादन स्वरोजगार विभाग प्रमुख हरि रिजालले सम्बोधन गर्दै अबको विकल्प समाजबादी पार्टी भएको भन्दै त्यसैले नै अब देशको विकास र निकास गर्ने बताए । त्यसैगरी उनले अहिले देशमा विभिन्न खाल विकृती, विसंगतीहरु निम्तीदा समेत ठुला पार्टीले केही गर्ने नसक्दा जनातहरु निरास भएको भन्दै अव सबैले समाजबादी पार्टीलाई साथ दिनु पर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै उम्मेदवार डिल्ली बहादुर डाँगी आफुलाई जिताएर पठाए पश्चिम दाङको विकास गर्ने बताए । उनले पश्चिम दाङमा विभिन्न पार्टीले जितेर गएको भएता पश्चिम दाङमा कसैले राम्रोसंग विकास नगरेको भन्दै अब पश्चिम दाङको विकास आफुले नै गर्ने भएकाले आफुलाई भोट दिन आग्रह गरे । कार्यक्रममा संघिय परिषद् सदस्य जिवन भण्डारी, कुल बहादुर घर्ती, प्रदेश सदस्य सुरेन्द्र चन्द लगाएतका बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार