तुलसीपुर, मंसिर २ : वरिष्ठ पत्रकार, साहित्यकार, प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई पत्नी शोक परेको छ । घोराही उपहानगरपालिका वडा नम्बर १७ बर्गदी स्थायी घर भएका रोहिणीदेवी शर्माको आज सोमबार बिहान ८५ वर्षको उमेरमा घोराही १५ मा निधन भएको शर्मा परिवारले जनाएको छ । केही समययता अस्वस्थ रहेकी शर्माको उपचारका क्रममा घरमै बिहान ५ बजे निधन भएको बताइएको छ । वरिष्ठ पत्रकार शर्माले स्वर्गीय रोहिणीदेवी शर्माको आज मध्यान्ह १२ बजे घोराहीको कटुवाखोला, शंखेपिपलघाटमा दाहसंस्कार गरिने जनाए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस