• २०७७ कार्तिक ११ गते मङ्गलवार

सल्यानमा एक जना मृत फेला

Author Logo..
२०७६ मङ्सिर १ गते आइतवार

सल्यान,सल्यानमा एक जना मृत अबस्थामा भेटिएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ५६ बर्षिय लोक बहादुर चन्द मृत अ बस्थामा भेटिएका हुन् । तिहारको समयमा गत कार्तिक ११ श्रीमतीलाई माईत छोडेर फर्केका उनी बीच बाटो बाट नै हराएका थिए । उनीको १९ दिन पछि शनीबार पोखरी डाँडामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जवनाएको छ । माथी भिर जस्तो ठाँउ भएको र तल सडेको अबस्थामा शव फेला परेको प्रहरीको भनाई छ । घटनाका बिषयमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार