• २०७७ कार्तिक १३ गते बिहिवार

एक असहाय बृद्धलाई राहत सामग्री प्रदान

Author Logo..
२०७६ कार्तिक ३० गते शनिवार

घोराही, एक असहाय बृद्धलाई घोराहीमा एक कार्यक्रमको आयोजना गरी राहत सामग्री प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित नवजलजला टोलमा बस्दै आएका ७५ बर्र्षीय एन्डी लामालाई राहत सामग्री प्रदान गरिएको हो । परिवारवीहिन अवस्थामा जीवनयापन गरिरहेका बृद्धलाई घोराहीमा रहेको कल्पु धर्मशालाले १५ हजार बराबरको खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ । उक्त राहत सामग्री घोराही उपमहानगरपालिका वडा नं.१४ वडा अध्यक्ष शक्तिराम डाँगी, कल्पु धर्मशालाका सचिव बसन्त गुप्ता र कोषाध्यक्ष दिलकुमारी बुढाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष डाँगी समाजका बृद्धबृद्धालाई सम्मान सबैको दायित्व भएको बताए । धर्मशालाका सचिव बसन्त गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा लालसरी पुन र दयासरी बुढाले पनि राहत सामग्री प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार