• २०७७ फाल्गुन १९ गते बुधवार

घोराही उपमहानगर द्धारा १५ सय क्विन्टल विउ वितरण

Author Logo..
२०७६ कार्तिक ३० गते शनिवार

घोराही, घोराही उपमहानगरपालिकाले साढे १५ क्विन्टल विभिन्न अन्नका मूल विउ कृषकहरुलाई अनुदानमा दिएको छ । उपमहानगरको कृषि विकास शाखाले गहुँ, तोरी र मसुरो गरी १५ क्विन्टल ६० किलो तीन वटा विउ उत्पादक समुहलाई ५० प्रतिशत अनुदानमा दिएको हो । गौतम जातको गहुँ ९ क्विन्टल ९० किलो, तोरी ३ क्विन्टल ३० किलो र मसुरो २ क्विन्टल ४० किलो मूल विउ किसानलाई दिएको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।

वडा नम्बर १ को जैविक विविधता सहकारी संस्था, वडा नम्बर ९ को बागेश्वरी विउ उत्पादक सहकारी संस्था र वडा नम्बर २ मा रहेको शिवशक्ति विउ उत्पादक कृषक समूहलाई अनुदानमा ति अन्नका बिउहरु दिईएको हो ।गहुँको प्रति किलो ७५, तोरी १ सय २५ र मसुरो १ सय ४० रुपैयाँ किलो पर्ने र ५० प्रतिशत अनुदानमा किसानलाई दिईएको शाखा प्रमुख खनालको भनाई छ ।

साथै कृषि शाखाले किसानहरुलाई ५० प्रतिशत अनुदान मै १ सय ५० क्विन्टल गहुँ वितरणको प्रकृया सुरु गरेको छ । कृषि पेशा प्रति आकर्षित नगरले किसानलाई अनुदानमा मूल विउ उपलब्ध गराएको जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार