• २०७७ कार्तिक ६ गते बिहिवार

पश्चिम दाङको बाघमारेमा काग्रेसको भब्य चुनावी सभा

Author Logo..
२०७६ कार्तिक २९ गते शुक्रवार

बाघमारे, नेपाली काग्रेसले शुक्रवार पश्चिम दाङको बाघमारेका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । यहि मसिर १४ मा हुन गैरहेको उपनिर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्नका लागि काग्रेसले बाघमारेका विभिन्न स्थानमा चुनावी सभा गरेको हो । कार्यक्रममा बोल्ने काग्रेसका नेता तथा कार्यकर्ताहरुले पश्चिमी दाङको समग्र विकासका लागि काग्रेसले जित्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा कार्यक्रममा नेकपावाट नेपाली काग्रेसमा प्रवेश गरेकी पुर्व जनमुक्ति सेना जय कुमारी विकले कम्युनिष्टहरुले जनतालाई झुटा आश्वासन दिएर भ्रममा पार्ने गरेको बताईन् । उनले आफुलाई समेत झुटा आश्वासन दिएर जनयुद्धमा लगाएको भन्दै गणतन्त्र कम्युनिस्टका नेताहरुका लागि मात्र आएको बताईन । उनले आफु कम्युनिस्टहरुको भ्रममा परेर गल्ति गरेको भन्दै आम जनतालाई भ्रममा नपर्न आग्रह गरिन् ।
त्यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले पश्चिम दाङको राजनीतिमा केशब आचार्यलाई अन्य उम्मेदवारहरु सङग कसैले पनि मुल्यांकन गर्न नहुने बताएका छन । बर्तमान कम्युनिस्ट सरकार मुलुकमा भ्रष्टाचार ,लुटतन्त्र,र सत्ताको दुरुपयोग गर्न लागी परेको भन्दै विकासका नाममा नदि नालाको दोहन गरिरहेको भन्दै नैतिक रुपमा समेत पतन भैसकेको बताएका छन । कार्यक्रमा प्रदेश सभा सदस्यका उम्मेदवार केशब आचार्यले आफु तीन दशकदेखि जनताकै माझमा रहेर काम गरिराखेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरे । उनले पश्चिम दाङबाट काङ्ग्रेसको पक्षमा जनलहर ल्याएर देशब्यापि सन्देश दिन आतुर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार