दाङमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन

Author Logo..
२०७६ कार्तिक २९ गते शुक्रवार

लमही, दाङमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । राष्ट्रिय जनमोर्चाले दाङको लमहीमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाएको छ । जनमोर्चा लमही नगर कमिटीले भारतले हालै नेपाली भूमीलाई गाभेर नक्सा सार्वजनिक गरेको बिरोधमा प्रर्दशन गर्दै प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हो । छिमेकीको नाममा भारतले नेपाली भूमी नै आफ्नो नक्सा भित्र राख्नुले हेपाय प्रबृत्तीको उजागर भएको भन्दै जनमोर्चाले तत्काल भूमि फिर्ता गर्न माग समेत गरेको छ । पुत्ला दहन पछि आयोजित सभालाई सम्बोधन गर्दै जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले भारतले नेपालको स्वाधीनता माथी धाबा बोल्ने काम गरेको बताए । भारतले नेपाली सिमा मिच्ने र भुभाग नै आफ्नो बनाउने हर्कत गरेको प्रति एकताका साथ नेपाली लड्नु पर्नेमा समेत बताए । विभिन्न दर्जनौ ठाउँहरुमा भारतले भूमि मिच्दै आएको भन्दै सरकारलाई उच्च स्तरबाट नेपाली भूमी फिर्ता लिन समेत ध्यानआकर्षण गराए । कार्यक्रममा बोल्दै रक्तिम साँस्कृतिक अभियानमा केन्द्रिय सल्लाहकार नारायण योगीले नेपाली भूमी कुनै पनि हालतमा भारतले मिच्न नपाउने भन्दै एकताको लडाई आबश्यक परेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार