• २०७७ कार्तिक ६ गते बिहिवार

शरिरमा छर्रा बोकेर मत माग्न घरदैलोमा उम्मेदवार केसी

Author Logo..
२०७६ कार्तिक २९ गते शुक्रवार

दाङ, घोराही १६ वडाध्यक्ष पदका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेश बहादुर केसी (प्रताप) जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्बाचनमा घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गर्दै आएका छन् । नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका केसीले आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचारलाई गर्दै आएका छन ।
निर्बाचन परिचालन कमिटीको बैठक मार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको अबस्थामा उम्मेदवार सहितको टोली पनि टोल टोलमा पुग्न सुरु गरेको छ । नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिब दउमन दमाईसहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुले प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफु पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्बाचनमा आफुलाई जनताले साथ दिने बताए ।

घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार केसीले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिक तीब्र बनाएका छन् । यहि कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेदवारी दर्ता भएको हो ।
साबिकको मानपुर गाबिसको बनकट्टीमा २०३९ साल मंसिर २० गते दामोदर केसी र मिना केसीको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मिएका केसी २०५४ सालमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुको जिल्ला सदस्य बनेका थिए । मानपुरमा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा जिल्ला सदस्य बन्नुभएका प्रतापले २०५७ सालदेखि जनयुद्धमा सामेल भएका थिए । जनयुद्धमा जनमिलिसियाबाट यात्रा गर्नुभएका प्रतापले चार बर्ष हिरासत र कारागारको जीवन बिताएका थिए । ८ महिना नेपाली सेनाको हिरासतमा बसेका उनी त्यस बाहेक तुलसीपुर घोराहीमा रहेका कारागारमा जीवन बिताएका थिए । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गरेका उम्मेदवार केसीे बाँकी अध्ययनलाई अगाडि बढाउन सकेन् । जनआन्दोलन २०६२÷०६३ पश्चिात रिहा भएका थिए । उनले शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरेका थिए । माओबादी अन्तर्गत रहेको जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत रहेका केसीले २०६८ सालदेखि जनमुक्ति सेनाको यात्रा छोडेका थिए ।

स्थानीय मतदातासंग उम्मेदवार केसीले सडक, कलभर्ट, खानेपानी, स्वास्थ्य, सञ्चारसंगै समग्र वडाको आबश्यकता अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै आएका छन । पार्टीले आफुलाई बिश्वास गरेको भन्दै जनताले पनि बिश्वास गरेर मत दिनेमा आफु ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार