• २०७७ कार्तिक ६ गते बिहिवार

बजाजका नयाँ मोडल तुलसीपुरमा

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

तुलसीपुर, एचएच बजाज कम्पनीको नयाँ मोडलको मोटरसाईकल तुलसीपुरमा भित्रिएको छ । कम्पनीको २०० सीसी क्षमता भएको नयाँ मोडलकोे मोटरसाईकल लन्च भएको हो । तुलसीपुर ६ घोराही रोडमा रहेको एचएच बजाज कम्पनीको आधिकारीक विक्रेता क्रस बोर्डर प्रालिले बुधबार एक कार्यक्रमका बिच सो मोटरसाईकल लन्च गरेको हो ।

मोटरसाईकलको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले लन्च गरेका हुन् । सो अवसरमा उनले क्रस बोर्डर प्रालिले विगत ३ बर्षदेखि तुलसीपुर क्षेत्रमा बजाज कम्पनीका विभिन्न मोडलका मोटरसाईकल विक्री तथा सर्भिस गर्दै आएको बताए । प्रालिले विभिन्न सेवा सुविधा दिदै यस क्षेत्रका ग्राहकहरुको मन जित्न सफल भएको उनले बताए ।

प्रालिका संचालक प्रदिप केसीका अनुसार उक्त मोटरसाईकलको लन्च बुधबार देशभर एकैसाथ गरिएको हो । पल्सरमा नयाँ आयाम थप्नका लागि अत्याधुनिक तथा सुरक्षित मोटरसाईकल बजारमा ल्याईएको उनले बताए । बिशेषगरी आरामदायी तवरले सुरक्षित यात्राको लागी सो मोटरसाईकल उचित रहेको उनले बताए । मोटरसाईकलको मुल्य ३ लाख ५४ हजार ९ सय रहेको छ । तर सिमित समयको लागि कम मुल्य निर्धारण गरेकोले ग्राहकहरुले यथाशिघ्र बुकिङ गर्नसक्ने उनले बताए ।

मोटरसाईकलमा डबल एभिएस रहेको छ । जसले गर्दा सहज रुपमा कन्ट्रोल गर्न सकिन्छ र दुर्घटना हुने संभावना कम हुने सञ्चालक केसीको दावि रहेको छ । त्यस्तै मोटरसाईकलमा फ्युल ईन्जेक्टर रहेको छ जसले माईलेज बढि दिने हुनाले पेटोल कमलाग्ने गर्छ । त्यस्तै एयर कुलिङको व्यवस्था रहेको छ जसको कारणले लामो यात्रा गर्दा मोटरसाईकलमा बढ्ने तापक्रमलाई कन्ट्रोल गर्दछ । त्यस्तै मोटरसाईकलमा पिरिमिटर फ्रेम, नाईटक्स मोनो सस्पेन्सन, ब्रोड रिअर टायर, सिक्स स्पिड गेअर बक्स, फोर भल्भ ईन्जिन लगाएतका उत्कृष्ट बिशेषताहरु रहेका छन् । चार प्रकारका कलरमा रहेको मोटरसाईकलको २ बर्षको लागी ७ वटा सर्भिस निशुल्क रहेको अर्का संचालक बिर्जु योगीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार