• २०७७ कार्तिक १५ गते शनिवार

वडा कार्यालयले बिद्युत् ट्रान्सफर्मर जडान गरिदिएपछि स्थानिय खुसी

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

कार्तिक २८,
टेकबहादुर पुन, लमही : लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा बिद्युत ट्रान्सफर्मर जडान गरेपछी गाउँ उज्योलो बनेको छ । यो भन्दा अघि एउटा ट्रान्सफर्मर बाट वडाको कमानपुर र बन्गैँ गाउँका करिब ३ सय ५० घरधुरीमा बिद्युत सप्लाई हुन्थ्यो ।
त्यहाँका स्थानिय बिद्युत अपुग कै कारण पँखा त के, बल्ब पनि नबल्ने समस्या झेल्दै आईरहेका थिए । यही समस्यालाई ध्यानमा राख्दै लमही नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष पहलमा नया बिद्युत ट्रान्सफर्मर जडान गरिएको छ । बर्षौदेखी झेल्दै आएको समस्यालाई वडा कार्यालयले समाधान गरिदिएपछि स्थानिय हर्षित भएका छन् ।
बल्ब पनि नबल्ने गाउँ कमानपुर निवासी प्रमिला पुनले खुसी हुँदै भनिन्(जाडो महिनामा पनि आज त पँखा चलाएर सुत्ने हो ।ू उनिजस्तै त्यहाँका सबै स्थानिय खुसी भएका छन् । दुईओटा गाउँमा एउटा ट्रान्सफर्मरले बद्युत सप्लाई गर्दा हामी मारमा परेका थियौ, अहिले त यो समस्या हट्यो स्थानिय नारायण बुढा मगरले भने ।
वडा कार्यालयको विशेष पहल र नेपाल बिद्युत प्राधिकरण उपबितरण केन्द्र लमहीको प्राबिधिक सहयोगमा ६ लाख रुपैया बराबरको ५० केभीको बिद्युत ट्रान्सफर्मर जडान गरिएको हो । नया ट्रान्सफर्मर बाट करिब २ सय ५० घरधुरी लाभाम्बित हुने बिश्वास गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । उनले भने स्थानियको समस्या निकट पुगेर हामीले काम गर्छौँ, अझै गर्नुपर्ने धेरै बाँकी छ ।
स्थानिय भुवन घर्तीका अनुसार अहिले बल्ब त के, मोटर पनि धमाधम चलिरहेको छ । बिद्युत प्रसस्त पुगेको बताउँदै घर्तीले वडा कार्यालयको कार्य प्रती प्रसंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार