• २०७७ मङ्सिर ११ गते बिहिवार

घोराही उपमहानगरपालिकाले पहिलो पटक स्वास्थ्य नीति बनाउँदै

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

कात्तिक २८, २०७६
घोराही, घोराही उपमहानगरपालिकाले पहिलो पटक स्वास्थ्य नीति बनाउन पहल थालेको छ । देश संघीय संरचनामा जानु भन्दा अघि केन्द्र सरकारले निर्माण गर्दै आएको स्वास्थ्य नीति स्थानीय तहमा सबै अधिकार आईसकेपछि घोराही उपमहानगरले पनि स्वास्थ्य नीति निर्माणमा तदारुकता देखाएको छ । पहिले केन्द्रबाट बन्ने कार्यक्रमलाई अब स्थानीय तहमा सारिएपछि यसलाई रुपान्तरण गर्न र कार्यक्रमलाई थप प्रभावकारी बनाउन हामीले यसको शुरुवात गरेका छौं, उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भने ।

संघीय संरचना अनुरुप देशमा शासन व्यवस्था संचालन हुनु भन्दा अघि केन्द्रले स्वास्थ्य नीति बनाउँदा स्वास्थ्यका क्षेत्रमा प्रभावकारी काम तथा कार्यान्वयन हुन नसकेकाले गुनासो बढेको थियो । यसलाई स्थानीय परिवेश र भूगोल अनुसार वृहत अध्धयन गरी स्वास्थ्य नीति बनाउन लागिएको उनले बताए ।घोराही उपमहानगरको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार घोराहीमा सरोकारवाला स्वास्थ्य संस्थाका पदाधिकारी, स्वास्थ्य क्षेत्रका जानकारलगायतको सहभागीतामा वृहत छलफल सम्पन्न भएको छ ।

विशेषगरी उपमहानगरका सरोकार राख्ने सबैसँग सहकार्य गरेर स्वास्थ्यमा सुधार ल्याउन नीति निर्माणको थालनी गर्न लागिएको बताइएको छ । आम नागरिकलाई आधार स्वास्थ्यको सुविधा उपलब्ध गराइने भनी संविधानले नै निर्दिष्ट गरेको अवस्थामा यसको प्रभावकारिता बढाउन उपमहानगरको तर्फबाट पहल थालिएको हो । स्वास्थ्य निति निर्माण तथा जनस्वास्थ्य कार्यक्रमको बार्षिक कार्य योजना बनाउँदा केन्द्र सरकार, प्रदेश सरकारको कार्यक्रमलाई सम्बोधन गर्दै कसैसँग नबाझिने गरी नमूनायोग्य नीति निर्माणका लागि अघि बढेको घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले बताईन । हाललाई नीति निर्माण गर्न १२ जनाको स्वास्थ्य नीतिको मस्यौदा तयार गर्न प्राविधिक कार्य समिति गठन गरिएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार