• २०७७ फाल्गुन २० गते बिहिवार

नेपालगञ्ज उपमहानगरपालिका अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

Author Logo..
२०७६ कार्तिक २८ गते बिहिवार

बाँके,नेपालगञ्ज उपमहानगरपालिका अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगञ्ज उपमहानगरपालिका कार्यवाहक प्रमुख उमा थापा मगरले बिहिवार एक औपचारिक कार्यक्रमकाबीच नेपालगञ्जलाई देशकै पहिलो उपमहानगरपालिकाको रुपमा अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा गरे ।
घोषणा सभामा सामाजिक विकास मन्त्री बरालले कुनैपनि नागरिक अभिभावकविहिन भएर सडकमा बाँच्नुपर्ने अवस्था अन्त्यका लागि सरकार लागिपरेको भन्दै अभिभावक विहिनको अभिभावक सरकार भएको बताए । कार्यबाहक प्रमुख समेत रहकी उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले २०७३ सालदेखि सहयोगापेक्षी, सडक मानवमुक्त उपमहानगर बनाउने उद्धेश्य अनुसार लागि परेको बताईन ।
यसखालका ब्यक्तिको उद्धार, औषधोपचार, पालन पोषण, खाना, नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापन जस्ता क्रियाकलाप गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार