• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङको भालुवाङमा मोदीको पुत्ला दहन

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
भालुवाङ, भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देश पुरै तातेको छ । एकतर्फी रुपमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको भन्दै दाङमा विरोध गरिएको छ । दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भालुवाङमा युवाहरुको नेतृत्वमा पुल्चोकमा मोदीको पुतला दहन गरेका हुन् । स्थानिय युवाहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै मोदीको पुत्ला दहन गरेका थिए ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालका ऐतिहासिक भूमिमा भारत सरकारले गिद्धे नजर लगाएको युवाहरुले आरोप लगाएका छन् । भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग समेत गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले बुधवार तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । एकतर्फी रुपमा भारतले नेपाली भू–भाग आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेविसंघको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

ब्यानर र विभिन्न प्लेकार्ड बोकेर पर्दशनमा सहभागि सयौं विद्यार्थीले भारतको अतिक्रमण विरुद्ध चर्का नारावाजी गरेका थिए । ‘सीमा मिच्न पाइदैन,यस्ता छिमेकी चाइदैन, लिम्पियाधुरा,कालापानी,लिपुलेख हाम्रो हो’ जस्ता नाराबाजी गरेका थिए । तुलसीपुर क्षेत्रमा रहेका ग्रेट अरनीको,राप्ती बबई क्याम्पस ,ज्ञानज्योती,गोरखा मावि लगाएतबाट दर्जनौं विद्यार्थी प्रर्दशनमा आएका थिए । तुलसीपुरको वीपी चोकमा आयोजित सभालाई सम्वोधन गर्ने बक्ताहरुले नेपाली भूमी समावेश गरिएको भारतको नयाँ नक्सा विरुद्ध सरकारले तत्काल कदम चाल्नु भन्दै सचेत तुल्याएका छन् । उनीहरुले भारतलाई तत्काल नक्सा सच्याउन माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार