• २०७७ फाल्गुन १९ गते बुधवार

नेकपाको चुनावी अभियान तिव्र

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६
तुलसीपुर ,मंसीर १४ गतेको उपनिर्वाचन नजिकिदै गर्दा दाङको पश्चिमी क्षेत्र नेकपामय देखिएको छ । पश्चिम क्षेत्रमा नेकपाले चुनावी सभा तिब्र पारेको छ । बबई गाउँपालिकाको चरकमिटया,खिलतपुर, सुनपुर र झारगजेरि , कौशिलापुर र हापुरेमा सभा सम्पन्न भएको छ । बबईका गाउँ गाउँमा पुग्दा उत्तर वलीलाइ सम्झदै जनताहरु उम्मेदवार विमला वलीलाई भब्य स्वागत गरेका छन् । उनीहरुले साथ हामी दिन्छौं भन्दै उम्मेदवार विमला वलीलाइ हौसला दिएका छन् ।
जनताहरुले खानेपानी ,सडक र सिचाँइलाई मुख्य प्राथमिकतामा राखेर योजना ल्याउन आग्रह गरे । भेटघाटमा उम्मेदवार विमला वलीले श्रीमान स्व उत्तर कुमार वलीले पश्चिम क्षेत्रको पुरा गर्न नसकेका योजनाहरु पूरा गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । सभामा सांसद हिराचन्द्र के सी , प्रदेश सभा सदस्य दामा शर्मा , नेकपा दाङ जिल्ला अध्यक्ष टिकाराम खड्का लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार