• २०७७ कार्तिक १२ गते बुधवार

काङ्ग्रेसका उम्मेदवार आचार्य सबै दृस्ठिकोणले सक्षम : गिरी

Author Logo..
२०७६ कार्तिक २७ गते बुधवार

कात्तिक २७, २०७६

तुलसीपुर, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले काङ्ग्रेसका उम्मेदवार केशवराज आचार्य सबै दृस्ठिकोणले सक्षम रहेको बताए। आगामी मङ्सिर १४ गतेको उपनिर्बाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बिजयी बनाउनका लागि आज पश्चिम् सल्लौरामा आयोजित चुनाबी सभालाइ सम्बोधन गर्दै पुर्ब मन्त्री गिरिले काङ्ग्रेस उम्मेदवार आचार्यलाई अन्य कुनै पनि उम्मेदवारसङ तुलना गरिनु अन्याय हुने दाबी गरे । साथै उनले अहिले नेकपाले स्व.उत्तर वलीको सपना पूरा गर्न भोट दिनुस् भन्दै प्रचार गरिरहेको प्रसङ्गमा स्व.वलीको सपना के थियो त्यसको बास्तबिकता जनतामाझ ल्याउन चुनौती दिए।

काङ्ग्रेस पुर्ण रुपमा एक ढिक्का भएको दाबी गर्दै काङ्ग्रेसको जित शुनिस्चित रहेको बताए। यस्तै पुर्ब सान्सद गेहेन्द्र गिरिले पनि काङ्ग्रेस भित्र अभुतपुर्ब एकता भएकाले यसपटक काङ्ग्रेसको जित शुनिस्चित रहेको दाबी गरे । उम्मेदवार केशवराज आचार्यले जनताको न्याय र बिकासका लागि आफुलाइ मतदान गर्न अपिल गरे । सलौरा, हेकुली लगायत विभिन्न स्थानमा आयोजित भेलालाइ काङ्ग्रेस दाङका सभापति कृति बहादुर केसि, निबर्तमान सभापति घनश्याम रेग्मी, काङ्ग्रेस महासमिती सदस्य खिम प्रसाद खराल, देबिका नेपाली, क्षेत्रिय सभापति जगत बहादुर खड्का, काङ्ग्रेस नेताहरु शंकर गिरी, भरत केसि, नदन कुमार शर्मा, क्षेत्रिय सदस्य कल्छु चौधरी लगायतले काङ्ग्रेसलाई जिताउन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार