• २०७७ कार्तिक १५ गते शनिवार

दाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Logo..
२०७६ कार्तिक २६ गते मङ्गलवार

कात्तिक २६, २०७६
दाङ, ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ४ अर्नहवा निवासी ३० वर्षीय मोहम्मद रफिक मुसलमानको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ५ स्थित सुनखोली नजिकै मुसलमानलाई ट्रकले ठक्कर दिएको थियो ।

गम्भीर घाइते मुसलमानलाई स्थानीय अस्पतालको उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर पु¥याइएकोमा त्यही मृत्यु भएको प्रहरीले बताएको छ । ठेलामा चटपटे लिएर विक्री गर्नको लागि बजारतर्फ जाँदै गरेको समयमा मुसलमानलाई लु २ ख १३७६ नम्बरको ट्रकले मंगलबार बिहान ८ बजेतिर ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार