• २०७७ फाल्गुन १९ गते बुधवार

घोराही १६ वडा अध्यक्ष पदको लागी (नेकपा)बाट केसी, नेकाबाट डाँगी

Author Logo..
२०७६ कार्तिक २५ गते सोमवार

तुलसीपुर/कार्तिक २५ : आगामी मंसीर १४ गते हुन लागेको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षको लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको वडा र नगर कमिटीले पठाएका नाममा लामो समयको बहस पछि सुरेश बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ४ जनाको सिफारीस भएकोमा केसीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने नेकपा दाङको कार्यालय बैठकले निर्णय गरेको हो । त्यसैगरी काग्रेसले पनि यस अघि नै उम्मेदवार उम्मेदवारको टुंगो लगाएको छ । काग्रेसले वडा अध्यक्षको लागी तारा बहादुर डाँगीलाई उम्मेदवार बनाएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारको टुंगो लगाएको छ । राप्रपावाट वडा अध्यक्षका लागि प्रकाश केसीलाई उम्मेदवार बनाएको छ । वडा अध्यक्षको लागी कार्तिक २७ गते उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार