• २०७७ फाल्गुन २१ गते शुक्रवार

दाङको देउखुरीमा एक महिला ८ दिनपछि मृत अवस्थामा फेला

Author Logo..
२०७६ कार्तिक २४ गते आइतवार

ओमप्रकाश गुप्ता/देउखुरी । दाङ देउखुरीकोमा गत कार्तिक १६ गते देखि हराइरहेकी एक महिला ८ दिनपछि शनिवार बेलुका मृत अवस्थामा फेला परेकी छिन् । राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा बस्दै आएकी ३७ वर्षिय शान्ति तामाङ नाम गरेकी महिला शनिवार बेलुका ४ बजेको समयमा शंकर सामुदायिक वनमा खयरको रुखमा झुण्डिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनको घोराहीमा पोष्टमार्टम गरिएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

गत कार्तिक १६ गते तामाङकी श्रीमानले बिहान समुहको बैठकमा पठाएको र त्यही दिन देखि नै उनी परिवारको सम्पर्कमा नआएपछि कार्तिक १८ गते प्रहरी चौकी सिसहनियाँमा निवेदन दर्ता गराए थिए । रुखमा झुण्डिएको कारण भने खुल्न सकेको छैन्

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार