• २०७७ मङ्सिर ९ गते मङ्गलवार

फुटसलको उपाधी शारदा सिस्नेलाई, ज्ञानज्योति उपविजेता

Author Logo..
२०७६ कार्तिक २३ गते शनिवार

लक्ष्मण बस्नेत/ तुलसीपुर, नेशनल प्याब्सन तुलसिपुर नगर स्तरीय अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७६ को उपाधी शारदा सिस्ने बोर्डिङ स्कुल तुलसिपुर ले चुमेको छ । नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनलमा पब्लिक ज्ञान ज्योती माबि तुलसीपुरलाई १ का विरुद्ध २ गोल अन्तरले पाखा लगाउँदै शारदा सिस्ने बोर्डिङ स्कुल ले उपाधी चुमेको हो । उपाधीसँगै उसले नगद ७ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हाल पार्न सफल भयो । त्यस्तै फाईनलमा पराजित पब्लिक ज्ञान ज्योती भने उपबिजेतामा चित्त बुझाउँदै नगद ५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पायो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धात्म शानदार खेलमा शारदा सिस्नेका तर्फबाट मोहन ओलिले पहिलो गोल गरे । त्यस्तै पब्लिक ज्ञान ज्योतिका राज श्रेष्ठ ले आत्मघाती गोल गरे सँगै शारदा सिस्ने ले २÷१ को जित निकाल्न सफल भयो । पब्लिक ज्ञान ज्योतीको तर्फबाट अरुण लहरेले सान्त्वना गोल गरे ११० बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा डिभाइन टेम्पल एकाडेमी तृतीय स्थान हात पार्न सफल भयो ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेशनल प्याब्सन तुलसीपुर नगर कमिटीका अध्यक्ष भोज राज न्यौपानेको अध्यक्षता तथा नेशल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेल समितिका संयोजक अमर नेपाली माईकलको बिशिष्ट आतिथ्यमा भएको थियो । सो अवसरमा कार्यक्रम का प्रमुख अतिथि डाँगी, बिशिष्ट अतिथि माईकल, नेशन प्याब्सनका केन्द्रिय प्रकाश कुमार शर्मा, प्याब्सन दाङका उपाध्यक्ष बिजय जिएमलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन नेशनल प्याब्सनका तुलसीपुर नगर कमिटीका सचिब मेघराज पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार