• २०७७ फाल्गुन १८ गते मङ्गलवार

देशको आर्थिक वृद्धिदर बढ्नुमा उर्जाको हात छः उर्जामन्त्री पुन

Author Logo..
२०७६ कार्तिक २२ गते शुक्रवार

दाङ, उर्जा जलश्रोत तथा सिंचाइँमन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने बताए । दाङको झिङ्गनीमा रहेको लमही–घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२÷३२ केभी सवस्टेशनको शुक्रबार उद्घाटन गर्दै उर्जामन्त्री पुनले उर्जाको विभिन्न क्षेत्रहरुको पहिचान गरी उर्जा उत्पादनमा सरकारको ध्यान विशेष रूपमा केन्द्रित रहेको र विद्युत उत्पादन पनि धमाधम भइरहेकले देश पूर्णरुपमा अन्धकार मुक्त हुने बताए ।

नेपालमा रहेका करिव २३ हजार बढी नदीनालामध्ये प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान गम्भीर रूपमा पुगेको बताए । ती नदीनालाहरूबाट विद्युत उत्पादन, ¥याफ्टिङ वा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी गृहकार्य सुरू भइसकेको समेत बताए । उनले भने, देशमा सानाठूला गरी २३ हजार बढी नदी नाला छन्, ती नदीनालाको संरक्षण गर्दै उच्चतम प्रयोग गरी देश विकासको यात्रामा सँगै जोडेर लैजाने काम भइरहेको छ । त्यसैगरी मन्त्री पुनले देश विकासको मुख्य मेरूदण्डको रूपमा नेपालको विद्युत क्षेत्रले भूमिका खेलिरहेको दावी गरे । उनले अहिले नेपालको आर्थिक वृद्धिदरमा अंक सुधार हुँदै जानुमा उर्जा क्षेत्रको योगदान नै मुख्य कारक रहेको बताए । अहिले नेपालमा भईरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ति हन नसक्दा कतिपय काममा बाधा पुगिरहेको गुनासो आउने गरे प्रति सरकार गम्भीर रहेको उनको भनाई थियो ।

ठूला शहरका लागि चाहिने विद्युत तथा जिल्ला स्तरमा पनि ठूला उद्योग स्थापना गरी सहज ढंगले संचालनको वातावरण बनाउने बन्दै गएकाले यस प्रति चिन्ता व्यक्त नगर्न आम उद्योगी तथा सरोकार पक्षलाई अनुरोध गरे । उनले भन्नुभयो, यहाँहरूले स्थापना गर्ने ठूला परियोजना वा उद्योगहरूमा आवश्यक विद्युत पाइँदैन कि भनेर चिन्ता नलिनुस्, म ग्यारेन्टीका साथ भन्छु, अब ढुक्क भएर विद्युत प्रयोग गर्न सक्नुहुन्छ, तपाइलाई जति विद्युत चाहिन्छ, हामी उपलब्ध गराउँछौं । अझैपनि कतिपय कार्यशैली तथा सोचका कारण सामाजिक विकासमा कही कतै विकास अवरोधका अवशेष देखिने भएकाले स्थानीय सरकारले संस्था वा कार्यालयका काममा सकारात्मक कदम चाल्न भूमिका बढाउने पर्नु पर्ने उनको भनाई थियो । वि।स। २०६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको हो । ४२ करोड ३७ लाखको लागतमा निर्माण गरिएको सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर उपमहानगरका अधिकांश स्थानमा सहज विद्युत आपूर्ति गर्दै आएको छ ।

यसअघि नियमित तथा कम विद्युत प्रशारण हुँदा उपभोक्ताले सास्ती भौग्न बाध्य थिए भने ठूला काम गर्न समस्या रहेको थियो । सो प्रशारण लाइनका कारण ४० हजार बढी उपभोक्ता अहिले प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार