• २०७७ कार्तिक १३ गते बिहिवार

सिमेन्ट उद्योगमा काम गर्ने भारतीय नागरिक एकको मुत्यु एक घाईते

Author Logo..
२०७६ कार्तिक २१ गते बिहिवार

दाङ, दाङको घोराही ३ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगको निर्माणाधिन भवनवाट लडेर फेरि अर्का मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उडिसा घर भई उद्योगमा कार्यरत २७ बर्षीय अभय नायकको मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताउनुभयो । कात्तिक १६ गते मात्रै भारतको उत्तर प्रदेश निवासी ४५ बर्षीय रमेशकुमार पटेलको सोही उद्योगको निर्माणधिन भवनबाट लडेर मृत्यु भएको थियो ।   बुधवार लडेर घाइते भएका नायकको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा बेलुका साढे ८ बजेतिर मृत्यु भएको थियो । त्यसैगरी उद्योगको निर्माणाधिन भवनको छतवाट लडेका मध्य भारतको उडिसा घर रहेका अर्का मजदुर ३५ बर्षीय मानप वारीक गम्भीर घाइते भएका छन् । उनको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अबस्था गम्भरि रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार