• २०७७ कार्तिक ४ गते मङ्गलवार

सासुले खुकुरीले हान्दा ज्वाई गम्भिर घाइते

Author Logo..
२०७६ कार्तिक २१ गते बिहिवार

दाङ, दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाँई गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ का ३१ बर्षीय गणेश चन्दलाई माइती गएको समयमा बुधवार बेलुका सासुले खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले बताउनुभयो । घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकलकलेजमा रेफर गरिएको प्रबक्ता शाहले बताउनुभयो । श्रीमतीसंगै घोराही १० नारायणपुरमा ससुराली गएको समयमा चन्दमाथि ४१ बर्षीया सासु आमा मधुकुमारी मल्लले छोरीलाई कुटेको भन्दै खुकरी प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । घाइते चन्द र उनकी पत्नि २२ बर्षीय सरस्वती मल्लका बीचमा बुधवार बेलुका सामान्ने विवाद पछि कुटाकुट हुँदा त्यही समयमा चन्दमाथि सासुले टाउकोमा खुकुरी प्रहार गरेकी थिइन । खुकुरी प्रहार गरेको अभियोगमा सासु मल्ललाई प्रहरीले पक्राउ गरेको र घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार