• २०७७ कार्तिक १३ गते बिहिवार

दाङको टरिगाउँ बिमानस्थलको स्तरबृद्धि हुन्छ:प्रचण्ड

Author Logo..
२०७६ कार्तिक २१ गते बिहिवार

तुलसीपुर, पुर्व प्रधानमन्त्री एव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङको टरिगाउँ बिमानस्थलको स्तरबृद्धि गर्नका लागि आफुले पहल गर्ने बताए । बुधबार दाङ आएको सन्दर्भमा तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु संगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले बर्तमान अबस्थामा सञ्चालन भैरहेको दाङ एयरपोटको बिस्तार गर्न आबश्यक रहेको समेत धारणा ब्यक्त गरे । उनले भने,“म पटक–पटक स्थलगत अनुगमनमा समेत गैसकेको छु बर्तमान अबस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर १२ सय मिटर गराउदा ठुला जहाजपनि बस्न सक्ने अबस्था रहेको छ यस्मा राज्यले थप लगानी गर्नुपर्छ“। तुलसीपुर उद्योग बाणिज्य संघले पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई तीन बुदे ज्ञापनपत्र समेत बुझाएर यस क्षेत्रको बिकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताए । बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले दाङ एयरर्पाेटमा नियमितरूपमा हवाई सेवा सञ्चालन गर्नका लागि ईन्धन डिपो स्थापना गर्नुपर्ने ,दाङको नारायणपुरमा स्थापना गर्न लागेको अन्तर्रा्ष्ट्रिय बिमानस्थलको प्रकृया तत्काल अगाडि बढाउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाए । त्यसै गरि प्रदेश ५ भित्रका सबै जनतालाई पाएक पर्ने स्थानमा तत्काल केन्द्र तोक्नुपर्ने र तुलसीपुर उद्योग बाणिज्य संघले निर्माण गर्न लागेको सभाहल अन्तिम चरणमा पुगेको हुदा पब्लिक पाटनर्सिपको अबधारणा लाई अगाडि बढाउन राज्यकोषबाट केही सहयोग आबश्यक रहेको ज्ञापनपत्रमा उल्लेख्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार