• २०७७ कार्तिक ६ गते बिहिवार

महरावाट नैतित्र त्रुटि भयो : प्रचण्ड

Author Logo..
२०७६ कार्तिक २० गते बुधवार

दाङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्ण बहादुर महराले अपराधिक नभई नैतिक त्रुटि गरेको बताए । प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताए । उनले महराले केही त्रुटि गरेको औल्याउँदै त्यो अपराधिक नभै नैतिक त्रुटि भएको बताए । महराको विषय अदालती प्रक्रियामा भएकाले त्यसका बारेमा राजनितिक रुपमा त्यति बोल्न उचित नभएको समेत बताए । त्यो घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन, उनले भने , ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनु भएन यो उहाँको अर्को गंभिर गल्ति भयो ।’ त्यसैगरी महराले आफुले गरेको गल्तीलाई स्विकार गर्दै गल्तीको राज्यले छानविन गरी कारवाही गर्नु आफ्नो लागी मात्र नभई राष्ट्रको चरित्रको लागी आवश्यक छ, भन्ने ठानी फेरी नयाँ शिरावाट जनता सेवामा आउने बातावरण बनाउनु नै उचित हुने समेत बताए । त्यसैगरी अर्काे प्रसंगमा प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताए । उनले आफु भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए । त्यसैगरी उनले यसको बारेमा सरकारले कुटनितीक तवरवाट कुरा अगाडी बढाउने पक्रिया शुरु भैईसकेको समेत बताए । अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताए । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने भएकाले त्यसको केन्द्र बनाउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले दाङ विगतदेखि नै परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला भएकाले प्रदेशको केन्द्र बनाउन उपयुक्त रहेको बताए । ‘यो प्रदेशको केन्द्र निर्माणमा दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास रहेको छ’, उनले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्ने छु । ’ प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै उनले भने ,दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार