• २०७७ कार्तिक १३ गते बिहिवार

सुरज र अनिल नेशनल युथ बक्सिङ को फाईनलमा

Author Logo..
२०७६ कार्तिक १९ गते मङ्गलवार

लक्ष्मण बस्नेत / काठमाडौंमा जारी नेशनल युथ बक्सिङ च्यापिएनसिपमा दाङका सुरज ओली र अनिलकुमार पुन मगर फाईनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् सहयोगमा सञ्चालित फस्ट अण्डर नाईन्टिन नेशन युथ बक्सिङ च्याम्पिएनसिपको सेमिफाइनलमा ४९ केजी तौल समुहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै दाङका सुरज ओलीले फाईनल यात्रा सुरक्षित गरेका हुन् ।

त्यस्तै ६० केजी तौल समुहमा पाटन बक्सिङ क्लवका रयान महर्जनलाई सेमिफाईनलमा पराजित गर्दै दाङका अनिलकुमार पुनमगरले फाईनल यात्रा तय गरेको दाङ जिल्ला बक्सिङ संघका अध्यक्ष तथा प्रशिक्षक राजु थापाले जानकारी दिए । दाङका सुरज ओली नक्साल बक्सिङ क्लबका खान अलिसंग फाईनलमा भिड्नेछन् भने अनिलकुमार पुनमगर बाँकेका ईन्द्र सुनारसँग भिड्नेछन् । फाईनल खेल बुधबार हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार