• २०७७ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा सुर्तिजन्य पदार्थको विक्री वितरणमा रोक लगाउन आग्रह

Author Logo..
२०७६ कार्तिक १९ गते मङ्गलवार

अनलाइन राप्ती / तुलसीपुर क्षेत्र भित्र सुर्तिजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउन आग्रह गरिएको छ ।उच्च सरकारी वकिल कार्यालय तुलसीपुरले तुलसाीपुर उपमहानगरपालिका कार्यालयको नाममा पत्र पठाउदै तुलसीपुर उपमहानगरपालिका भित्र सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउन अनुरोध गरेको छ ।

सहन्यायाधिबक्ता ईश्वरीप्रसाद पाण्डेद्धारा हस्ताक्षर गरिएको अनुरोध पत्रमा सुर्ति तथा सुर्तिजन्य पदार्थहरु गुट्का, पानपाराग लगाएतका बस्तुहरुको सेवनबाट सेवनकर्तामा गम्भिर स्वास्थ्य समस्या देखीने गरेको तथा सुर्तिजन्य पदार्थका कागजका टुक्राहरु जथाभावी फयाक्नाले बातावरण प्रदुषित हुनुको साथै फोहोर व्यवस्थापनमा समेत चुनौती भएको उल्लेख गरिएको छ । ती पदार्थ उत्पादन र विक्रि वितरणबाट सेवनकर्ता तथा समाजमा नकारात्मक सन्देश निस्किएको भन्दै विक्रि वितरणमा रोक लगाउन आग्रह गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार