राजनिती परिर्वतन गर्नु पर्छ : संयोजक मिश्र

Author Logo..
२०७६ कार्तिक १६ गते शनिवार

दाङ, साझा पार्टीले दाङ क्षेत्र नं. ३ (ख)मा प्रदेशसभा सदस्यको लागी हुन गईरहेका उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिवार दंगिशरण गाउँपालिका ३ हेकुलीका एक कार्यक्रम गरी दंगीशरण गाउँपालिका ५ डाडाचिस निवासी शिव कुमार चौधरीलाई पार्टीका संयोजक रविन्द्र मिश्र , प्रदेश ५ का संयोजक अनुपमान सैजु, कर्णाली प्रदेशका संयोजक गेहेन्द्र दाहाल, जिल्ला संयोजक मधुसुधन के.सीको उपस्थितीमा माटोको टिका लगाई उम्मेदवार घोषणा गरिएको हो ।

त्यसैगरी कार्यक्रममा बोल्दै संयोजक मिश्रले देशमा राजनिती परिर्वतन नभए सम्म देशमा समृद्धी नहुने बताए । उनले लामो समयदेखी देशमा ठुला दलहरुले शासन गरेको भएता पनि उनीहरुले आफ्नो स्वार्थको लागीमा काम गरेको बताए । उनले अन्य दलहरुले आफ्नो स्वार्थको लागी चाहे बनको समितीमा होस् चाहे विद्यालयको ब्यवस्थापन समितीमा नै होस् सबै क्षेत्रमा राजनिती करण गर्दा नै काम गर्न समस्या छ, त्यसैले यसलाई सुधार गर्नको लागी नै राजनिती परिर्वतनको खाँचो रहेको बताए । राजनिती गर्नेहरुले १४÷१५ घण्टा काम गर्नु पर्ने हुन्छ, र जनताले ८ घण्टा काम गर्दा सुख पाउनु पर्छ, उनले भने, तर हाम्रो देशमा राजनिती गर्नेले भन्दा जनताले मरिमेटी दुख गर्दछन । राजनिती गर्नेले सुख पाएका छन । अन्य विकसीत देशहरुमा राजनिती गर्नेहरुले मेरीमेटी काम गरी जनतालाई सुख दिएका छन । त्यसैले अव यो अवस्था परिवर्तन गर्नु पर्छ । तर त्यो परिर्वतन गर्न सिंगो पहाडको चटान फुटाए जस्तै भएता पनि जनताको साथ पाए त्यो पनि गरेर देखाउन सक्ने दाबी गरे । त्यसैगरी निर्वाचनको बेला मात्र जनता सामु आएर अनेकौँ बाचा गर्ने जितेर गएपछि जनतालाई विर्सीने अन्य राजनिती गर्नेहरु भएकाले अव सबैको विकल्प साझा पार्टी नै भएको समेत संयोजक मिश्रले बताए । उनले देश परिवर्तन गर्नको लागी नागरिकको हातमा रहेको भन्दै एक भोटले देशमा परिर्वतन गर्न सकिने र त्यो भोट विविक पूर्णढंगवाट प्रयोग आग्रह गरे । त्यसैगरी उनले नेतालाई दुख दिन र आफुहरुले सुख पाउनको लागी साझा पार्टीलाई नै जिताउन आग्रह गरे । त्यसैगरी कार्यक्रममा २ जना बढिले विभिन्न पार्टी परित्याग गरि साझा पार्टीमा प्रवेश गरेका थिए । उनीहरुलाई माटोको टिका लगाएर संयोजक मिश्रले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार