नेपाल औषधि थोक व्यवसायी संघ बाँके शाखाको अध्यक्षमा‌ अवस्थी चयन

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन २० गते बिहिवार

तुफानबाबु श्रेष्ठ
बाँके : नेपाल औषधि थोक व्यवसायी संघ बाँके शाखाको अध्यक्षमा‌ जयदेब अवस्थी चयन भएका छन् । त्यस्तै, संघको उपाध्यक्षमा प्रदिप कुमार गुप्ता, महासचिवमा सन्तोष बाबु सुबेदी, सचिवमा रबिन्द्र हमाल र कोषाध्यक्षमा प्रभाकर श्रेष्ठ त्यसैगरी सदस्यहरूमा हंसराज खड्का, विनय रस्तोगी, रमण खनाल, बिकास खड्का, रामनाथ थारु र कालुराम थारु रहेका छन् । नेपाल अधिराज्य भर औषधीको थोक व्यवसाय गरिरहेका थोक औषधि व्यवसायी संघहरुको छाता संगठन नेपाल औषधि थोक ब्यबसायी संघ केन्द्रीय समितिले देशैभर आफ्नो शाखा विस्तारलाई निरन्तरता दिदै आएको संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

मुलत पछिल्लो समय औषधिको थोक व्यवसायमा आबद्ध व्यवसायीहरुलाई गोलवद्ध गर्दै तमाम थोक औषधि व्यवसायीको हक,अधिकारका लागि क्रियाशील संस्था नेपाल औषधि थोक व्यवसायी संघको आवश्यकता र औचित्यलाइ सबै तिर मनन गरिएको र संस्थाले वृहत्तररुपमा व्यवसायीको मागलाई सम्बोधन गर्दै आइरहेको वर्तमान सन्दर्भमा बाँके शाखाको गठनले थप उत्साहित बनाएको नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश, दाङका अध्यक्ष शालिकराम आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार