दाङ : दाङमा बन्दुकको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका २ का २७ बर्षीय भोज बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मंलवार राति करिब साढे ८ बजेतिर सोही ठाउँका अर्का टोप बहादुर घर्ती र भोज बहादुर परामुनी सोतामा बन्दुक लिइ कालिजको सिकार गर्न जाने क्रममा भिरबाट लड्दा टोप बहादुरले बन्दुक लिने क्रममा बन्दुक पड्किदाँ भोज बहादुरको पेटभन्दा माथी गोली लागेर घटनास्थल मै मृत्यु भएको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
त्यसैगरी प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तब्य ज्यान कसुरमा मुद्दा दर्ता गवरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले दाङको घोराहीबाट ज्ुवा खेलिरहेको अवस्थामा साढे २ लाख बढि रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १६ नमुना टोलमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनामा आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले २ लाख ६८ हजार ३१५ रुपैयाँ सहित ७ जना र लाई पक्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिए । उनीहरुलाई मगलवार पक्राउ गरेको प्रहरीले जनाएको छ ।