नेपालमा बिहीबार ३ सय ६० जना कोरोना भाइरस संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ साउन २२ गते बिहिवार

काठमाडौं, २२ साउन :  बिहीबार नेपालमा ३ सय ६० जना  कोरोना भाइरस संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

अहिले देशभरीका अस्पतालहरुमा ६ हजार २ सय ९६ जना उपचाररत रहेका छन । प्रदेश १ मा ३ सय ५८ जना, प्रदेश २ मा २ हजार ६ सय ९३, बागमती प्रदेशमा ८ सय ३५ र गण्डकी प्रदेशमा २ सय ८० जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश ५ मा ३ सय ७७, कर्णाली प्रदेशमा २ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ९० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । देशभरीका क्वारेन्टाइनमा ९ हजार ४ सय ७० जना रहेका छन् । प्रदेश ह १ मा १ हजार ६ सय ५०, प्रदेश २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना, प्रदेश ५ मा १ हनजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार