तुलसीपुरका प्रत्येक घरमा डेँगुको लार्भा

Author Logo..
अनलाइन राप्ती २०७९ असोज १४ गते शुक्रवार

दाङ :  तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार गरेको विद्यालय, होटेल, कार्यालय र निजी घरमा गरिएको सर्वेक्षणमा सबैमा डेँगुको लार्भा भेटिएको हो । पालिकाको जनस्वास्थ्य प्रबर्द्धन शाखाले आयोजना गरेको लार्भा नष्ट अभियानअन्तर्गत १५ स्थानमा गरिएको परीक्षणका क्रममा १५ वटै स्थानमा लार्भा फेला परेको हो ।

जनस्वास्थ्य प्रबर्द्धन शाखाका फोकल पर्सन विमल केसीले पालिकाभित्र नै चार सय बढी डेंगु रोगबाट प्रभावित बिरामी रहेकाले र परीक्षणका क्रममा प्रत्येक ठाउँमा लार्भा भेटिँदा लार्भा नष्ट कार्यलाई प्रत्येक टोल टोलमा लैजानु आवश्यक रहेको बताएका छन् ।

उनले डेँगुबाट बच्नका लागि पानी जम्ने ड्रम, बोतलमा जथाभावी फाल्न नहुने बताए । नगरप्रमुख टीकाराम खड्काले नगरवासीले सरसफाइमा विशेष ध्यान दिन, ज्वरो आउने बित्तिकै चिकित्सकको सल्लाहमा औषधी प्रयोग गर्न र परीक्षण गर्नका लागि आग्रह गरेका छन् ।

जिल्लाका घोराही, तुलसीपुर, शान्तिनगर गाउँपालिकामा बढी डेँगुका बिरामी रहेका छन् । शुक्रबारसम्म जिल्लामा मात्रै १५ सय बढी डेँगुका बिरामी रहेका छन् भने चार जनाको डेँगुका कारण निधन भएको छ । तीन जना आइसीयुको उपचाररत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको नेतृत्वमा शुक्रबार विभिन्न स्थानमा पुगेर लार्भा नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार