तुलसीपुरमा मंसिर १५ देखि २६ गतेसम्म महोत्सव लाग्दै

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ८ गते शनिवार

दाङ :  तुलसीपुरमा पर्यटन, प्रवर्द्धन, तथा कृषि व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आउँदो मंसिर १५ गते देखि २६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर आउँदो मंसिर १५ गते देखि २६ गतेसम्म तुलसीपुर उपमहानगरपालिका  ६ हात्तीखौवामा महोत्सव सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरले जानकारी दिएको हो । युथ्स अफको भवन निर्माणका साथै तुलसीपुरमा अध्ययन कक्ष निर्माणका लागि महोत्सव आयोजना गर्न लागेको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

अध्यक्ष लहरेका अनुसार महोत्सवमा विभिन्न ३५० वटा स्टल रहने छन् । ति मध्य २५० व्यापारिक स्टल, २५ वटा कृषि स्टल, ५० वटा उद्योग स्टल, १५ वटा वित्तिय स्टल, १० वटा स्वास्थ्य स्टल, १५ वटा पर्यटन स्टल र १० वटा सूचना केन्द्र स्टल रहने अध्यक्ष लहरेले बताए । महोत्सवमा ५ लाख दर्शक भित्राउने र ५ करोड बराबरको कारोबार गर्ने आयोजकको लक्ष्य छ । त्यसका साथै विभिन्न मनोरञ्जनका कार्यक्रम पनि हुने छन् । आयोजक संस्था युथ्स अफ तुलसीपुरले केही वर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार