दाङकी निशाको लङजम्पमा नयाँ रेकर्ड 

Author Logo..
लक्ष्मण बस्नेत  २०७९ असोज ७ गते शुक्रवार


दाङ :  दाङकी निशा चौधरीले एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छन् । नबौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङको बेलझुण्डीमा भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा उनले १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ प्रतियोगितामा बनाएको ५. ४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५. ५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् । 

तुलसीपुर नगर स्तरको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागिता जनाएकी निशाले  ट्रयाक तर्फ छोटो दुरीको १०० र २०० मिटर दौड र  फिल्ड तर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । विद्यालय स्तरको सामान्य प्रशिक्षण बाट आफ्नो अद्भूत क्षमता प्रदर्शन गरेकी निशाले एक पछि अर्को सफलता हात पार्दै गएकी छन्  ।

उनी जिल्ला, प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी थिइन । आफ्नै कीर्तिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने नबौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार