भारत कमाउन गएका खत्री १३ महिनादेखि बेपत्ता

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ७ गते शुक्रवार

 दाङ :  दाङको बबई गाउँपालिका ७ डाँडागाउँका ५१ वर्षीय कमान बहादुर खत्री १३ महिनादेखि बेपत्ता भएका छन् । २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट हिँडेका खत्री अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।  वर्षदिन पुग्दासमेत उनी कुनै सम्पर्कमा आउन नसकेपछि अहिले घरपरिवार चिन्तित रहेको छ ।

उनको खोजीका लागि उनकी श्रीमती शान्ता डाँगी जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत जानकारी दिएकी छन् ।  तर,  आजसम्म श्रीमानको कुनै पत्तो हुन नसकेको श्रीमती शान्ताले बताइन् र ‘उहाँको खोजीका लागि के के गरिन,’ उनले भनिन्, ‘सबै ठाउँ पुगिसक्यौँ । अझै पत्ता लागेको छैन् । 

श्रीमान घरबाट भारतको गोवामा जाने भनेर हिँडेको  उनले बताइन । उनका अनुसार तुलसीपुरसम्म जाँदा सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो लागेको छैन् ।  भारत पुगेपछि मोबाइल किन्ने भन्दै उनले मोबाइल समेत लगेका थिएनन् ।  

घरको फोन नम्बर भने लगेको भएयता पनि  अहिलेसम्म कुनै जानकारी नभएको उनको भनाइ छ ।    उनले आफ्ना श्रीमानलाई यदि कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर  ९८१४०६३२४१, ९८१०९५२२०६ मा सम्पर्क गर्न समेत आग्रह गरेकी छन् ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार