पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ६ गते बिहिवार

काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।  एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन्।

बुधबार मात्रै खनालले ओलीलाई  बालकोटमा भेटेका थिए। उनी ओली प्रधानमन्त्री हुँदा आइजीपी बनेका थिए। एमाले प्रवेश गरेका खनाल मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने चर्चा पनि छ। यद्यपि, अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार