परालमा उम्रेको च्याउ खाँदा एक जना महिला गम्भीर बिरामी

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ६ गते बिहिवार


दाङ :  दाङमा परालमा उम्रेको च्याउ खाँदा एक जना महिला गम्भीर बिरामी भएकी छन् । तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुह्ररिया निवासी ७१ वर्षीया जोगेनी चौधरीले बिहीबार बिहान करिब साढे १० बजेतिर घर नजिक राखिएको परालमा उम्रिएको च्याउ खाँदा गम्भीर बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उनको बुहारीले पनि च्याउ खाएयता पनि बुहारीलाई भने केही नभएको प्रहरीले बताएको छ । उनको अवस्था अहिले गम्भीर रहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार