नगर युवा परिषद् तुलसीपुरको उपाध्यक्षमा डाँगी

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ५ गते बुधवार

दाङ :  नगर युवा परिषद तुलसीपुरको उपाध्यक्षमा   रविन्द्र डाँगी नियुक्त भएका छन । उनलाई भदौ १७ गतेको कार्यापालिका बैठकले उपाध्यक्षमा नियुक्त गर्ने गरेको थियो ।  तुलसीपुर १० निवासी   डाँगीलाई नगर युवा परिषद् सञ्चालन कार्यविधि अनुसार  कार्य गर्न भन्दै  असोज १ देखि लागू हुने गरि आज  नियुक्ति दिइएको हो ।

त्यस अवसरमा नगर प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, प्रवक्ता माधव ओली लगायतको सहभागिता थियोउनको पारिश्रमिक र  सेवा सुविधा कार्यविधिको परिच्छेद ७ को दफा २० उपदफा ( २) बमोजिम हुने उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार