निवेदन लेख्न र फोटोकपी गर्दा तुलसीपुर ७ मा पैसा नलाग्ने

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ५ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका  ७ मा अबदेखि निवेदन देखाउँदा र फोटोकपी गर्दा सेवाग्राहीले पैसा तिर्नु नपर्ने भएको छ । वडा कार्यालयले नागरिक सहायता कक्ष, फोटोकपी र निवेदन लेख्दा सेवाग्राहीले निशुल्क सेवा प्रदान गर्न थालिएको जानकारी दिएको छ ।

वडाध्यक्ष रामबहादुर जिसीले जति सक्यो कार्यालयको सेवा सर्वसुलभ र निशुल्क गर्ने प्रयास जारी रहेको जानकारी दिए । नागरिक सहायता कक्ष स्थापना गरिएको तथा फोटोकपी र निवेदन लेखन सेवालाई निःशुल्क गरिएको उनले बताए । कार्यालयमा सेवा लिन आएका स्थानीय सुरक्षित टोलका राज नेपालीले निशुल्क सेवा पाउँदा खुसी व्यक्त गरे । उनले आफूले कार्यालयमा फोटोकपी गर्दा एक रुपैयाँ पनि तिर्नु नपरेको भन्दै खुसी व्यक्त गरेका थिए 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार