तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल हुने

Author Logo..
लक्ष्मण बस्नेत  २०७९ असोज ५ गते बुधवार

दाङ  :  तुलसीपुरमा तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) को सहायक संगठन युवा    जनस्वयंसेवक नेपाल दाङको  आयोजना तथा दाङ वाता सिनोको सहयोगमा अरनिको मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यही असोज १० गते देखि सुरु हुने छ ।

फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले  जानकारी दिए ।

चार दिन सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताए । \

यसैबीच प्रतियोगिता लाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारी लाई तीब्र पारेको आयोजकले  असोज ९ गते दिउँसो २ बजे सम्म टिम दर्ताको समय राखेको छ, भने ३ बजे टाइसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार